scheduleबुधवारबैशाख ८ गते, २०७८

सभामुखको जवाफ- मंसिर ३० गतेको संवैधानिक परिषद्को बैठक दुषित र कपटपूर्ण

काठमाडौं, १५ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले गत मंसिर ३० गते बसेको भनिएको संवैधानिक परिषद्को बैठक नै दूषित र कपटपूर्ण रहेको जिकिर गर्दै उक्त बैठकले गरेका निर्णय बदर गरिनुपर्नेमा जोड दिएका छन् ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै इजलासले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही अनुरुप सभामुख सापकोटाले अदालतमा लिखित जवाफ पेस गरेका हुन् ।

जवाफमा उनले गत मंसिर ३० गते बसेको भनिएको संवैधानिक परिषद्को बैठकमा राष्ट्रिय सभाका अध्यक्ष उपस्थिति भएको तर बैठकपछि उनले विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दै बैठकले कुनै निर्णय नगरेको भनी प्रतिक्रिया जनाएको विषयतर्फ इजलासको ध्यानाकृष्ट गराएका हुन् ।

मंसिर ३० गतेको बैठकका निर्णय भन्दै पुस ५ मा मात्र विवरण सार्वजनिक भएको तथा परिषदको तर्फबाट पुस ३ गते लेखिएको पत्र संसद सचिवालयलाई पुस ५ गते दिउँसो सवा २ बजे मात्र प्राप्त भएको भन्दै उनले यिनै कारणले बैठक दूषित र कपटपूर्ण रहेको दावी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay