scheduleआइतवारबैशाख ५ गते, २०७८

शनिबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, १५ फागुन । नेपालमा शनिबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै शनिबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७३ पुगेको छ । त्यस्तै थप ६२ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ ।

हाल नेपालमा ९६७ जना आइशोलेशनमा र ६२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ६० हजार ४०४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay