scheduleआइतवारबैशाख ५ गते, २०७८

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो

काठमाडौं, १५ फागुन । कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । आजसम्म विश्वभर नै २५ लाख ३१ हजार १ सय मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

हालसम्म विश्वभरि नै ११ करोड ४० लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै ८ लाख ९६ हजार मानिस उपचार पछि निको भएका छन् ।

अमेरिकामा कोरोनाका कारण ५ लाख २३ हजारको मृत्यु भएको छ भने भारतमा मात्रै १ लाख ५६ हजारको मृत्यु भैसकेको छ । यस्तै ब्राजिलमा २ लाख ५२ हजारको मृत्यु भएको छ ।

रसियामा ८५ हजारको मृत्यु भएको छ । बेलायतमा भने कोरोनाका कारण १ लाख २२ हजारको मृत्यु भएको छ भने फ्रान्समा ८६ हजारको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay