scheduleबुधवारबैशाख ८ गते, २०७८

कांग्रेस न ओलीको पक्षमा छ, न दाहाल-नेपालको पक्षमा छः महामन्त्री कोइराला

बागमती, १५ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् ।

रेडियो मकवानपुरको शनिबार हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, ‘हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।’

महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । सोच विचार गरेरमात्र काँग्रेसले सहकार्य गर्ने उनको भनाइ थियो । अहिले काँग्रेसले नेकपाको कुनै पक्षबारे निर्णय नलिएको उल्लेख गर्दै उनले सदनमा उनीहरुको प्रस्तुतिको आधारमा काँग्रेसले आफ्नो रणनीति बनाउने प्रस्ट पारे ।

‘नेपाली काँग्रेस अहिले अत्यन्त महत्वपूर्ण र संवेदनशील ठाउँमा उभिएको छ, न हामी ओलीजी को पक्षमा उभिएका छौं, न त प्रचण्ड–माधवजीको पक्षमा उभिएका छौं, हाउसमा जुन किसिमको रिप्रजेन्टेशन हुन्छ, त्यसैको आधारमा हामीले हाम्रो रणनीति बनाउनु पर्छ,’ उनले भने ।

विश्वमा कम्युनिष्टहरू समाप्त भइसकेको बखत काँग्रेसको संरक्षणका कारण नेपालमा कम्युनिष्ट जन्मिएको उनले बताए । उनले भने, ‘२०४६ सालको आन्दोलनमा तपाईहरु वैशाखी टेकेर आउनु भयो, हामीले तपाईहरुलाई स्थापित गर्‍यौँ, जबकि विश्वभर कम्युनिजम समाप्त भइसकेको छ, तर नेपालमा काँग्रेसको सहयोगमा जन्मियो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay