scheduleबुधवारबैशाख ८ गते, २०७८

समिट नेपालद्वारा ‘सहिद माधव अधिकारी स्मृति पुरस्कार’ वितरण

गोरखा, १६ फागुन । सहिद माधव अधिकारीको सम्झनामा स्थापित ‘सहिद माधव प्रसाद अधिकारी जेहेन्दार छात्रवृत्ति’ वितरण गरिएको छ । स्वर्गीय सुशिला अधिकारीको स्मृतिमा गठित ‘समिट नेपाल’ले छात्रवृत्ति वितरण गरेको हो ।

हंसपुर-३ काफलडाँडाका माधव अधिकारीलाई तत्कालीन शाही नेपाली सेनाले शंकाको भरमा गिरफ्तार गरी बेपत्ता बनाएको दिन फाल्गुन १५ को सम्झना गरेर यो कार्यक्रम गरिएको हो ।

गोरखा जिल्ला अजिरकोट-३ का सहिद माधव अधिकारी पढेको विद्यालय ज्ञानज्योति माध्यमिक विद्यालय लब्सिबोटमा कक्षा पाँचमा अध्ययनरत रोशिका अधिकारी र कक्षा आठमा अध्ययनरत कुशल गुरुङलाई तीन हजार पाँच सयको दरले सम्मान गरिएको आयोजकले जनाएको छ ।

सुशिला अधिकारी स्मृति प्रतिस्ठान (समिट नेपाल) अन्तर्गत रहेको यस छात्रवृत्तिमार्फत हरेक वर्ष कक्षा पाँच र आठमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिने समिट नेपालका संस्थापक अध्यक्ष कुस्माखर अधिकारीले जानकारी दिए ।

छात्रवृत्ति वितरणको अलावा सत्तरी विद्यार्थीलाई ट्र्याकसुट लगायतका कपडा वितरण गरिएको थियो । मामा डोलप्रसाद अधिकारीको सम्झनामा भान्जा रामेश्वर भट्टराईले ‘इसिडी’मा अध्ययनरत बालबालिकालाई ट्र्याकसुट वितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै समिट नेपालका अध्यक्ष अधिकारीले आफू जन्मे-पढेको स्कुलमा हरेक वर्ष सकेको सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

समिट नेपाल शिक्षा र स्वास्थमा काम गर्ने हेतुले २ वर्षअघि स्थापना भएको गैरनाफामुलक संस्था हो । यसअघि भच्चेक स्वास्थचौकीमा डिजिटल एक्स रे मेसिन जडान गरेको समिट नेपालले हंसपुरस्थित जीवन ज्योति स्कुलमा पनि छात्रवृत्ति वितरण गर्दै आइरहेको छ ।

सहिद माधव अधिकारीको सम्झनामा ज्ञान ज्योति स्कुलका शिक्षकहरुले परिवर्तन, न्याय र समानताको पक्षमा जिन्दगीभर लागेर अहिलेको वर्तमान समाज निर्माण गर्न भूमिका खेलेकोमा सहिद माधव अधिकारीलाई सधैंभरी स्कुल अनि समाजले सम्झिरहने विचार व्यक्त गरे । कार्यक्रममा वडाध्यक्ष तोयाराज गुरुङ लगायत विद्यार्थीका अभिभावकको उपस्थिति थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay