scheduleआइतवारबैशाख ५ गते, २०७८

प्रधानमन्त्रीका लागि ओलीलाई पार्टी फुटाउन प्रेरित गर्दै कांग्रेस

काठमाडौं, १७ फागुन । संसद पुनःस्थापनापछि राजनीतिक निकास पाउने आशा बिस्तारै सेलाउँदैछ । राजनीति झन अलमलमा फसेको छ । यहीबीचमा सत्ताको साँचो लिएर बसेको नेपाली कांग्रेस भने सत्तारुढ नेकपाको औपचारिक विभाजन कुरिरहेको छ । कम्युनिष्टको फुटमा आफ्नो भविष्य देखिरहेका कांग्रेसको संस्थापनले यसैका लागि प्रधानमन्त्री केपी ओलीलाई प्रेरित गरिरहेको बुझिन्छ ।

यस्तै चाहना जनता समाजवादी पार्टीको पनि देखिन्छ । पेरिसडाँडामा नेकपाको अर्को समूहसँगको भेटमा जसपाका नेताहरुले विभाजन प्रेरित गर्ने प्रश्न गरेका थिए । काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने
तर्क गर्दै विवाद चाँडो टुंगो लगाउन नेकपाको दुवै समूहलाई भनिरहेको छ ।

नेकपाले विभाजन वा एकताको एउटा बाटो लिन नसक्दा राजनीति अलपत्र परेको कांग्रेसको बुझाई छ । यसले भावी सत्ता समीकरण पनि प्रभावित बनिरहेको छ । लोकतान्त्रिक पार्टीको छवि बनाएको कांग्रेसले नेकपा विभाजनलाई सुनिश्चित गर्न पुनः अध्यादेश ल्याए पनि विरोध नगर्ने संकेत प्रधानमन्त्रीलाई दिइरहेको उच्च राजनीतिक स्रोतले जनाएको छ ।

कांग्रेस नेता मिनेन्द्र रिजालले त मुखै खोलेर पार्टी विभाजनको विधेयक ल्याए कांग्रेसले सघाउने बताइरहेका छन् । संसदसँग डराएर विघटन गरिदिएका प्रधानमन्त्री ओलीले भने विधेयक भन्दा अध्यादेशको बाटो समाउन चाहन्छन् । केही दिन संसद चलाउने कर्मकाण्ड पूरा गरेर संसदको अधिवेशन अन्त्य गर्ने तयारी ओली समूहको रहेको छ ।

संसदको बैठक अन्त्य गरिदिएर अध्यादेश ल्याउने रणनीति ओली समूहले बनाए पनि दाहाल-नेपाल समूह भने अलमलमै रहेको छ । निर्वाचन आयोगको अनिर्णय, ओलीको हठ र कांग्रेसको निर्णयविहिनताले दाहाल-नेपाल खेमालाई अप्ठ्यारो पारिरहेकव छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay