scheduleबुधवारबैशाख ८ गते, २०७८

सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

सोलुखुम्बु, १७ फागुन । प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफएममा गएराति आगलागी भएको छ । एफएमको स्टुडियोमा भएको आगलागीबाट रेकर्डिङसहित भवन जलेर नष्ट भएको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुबजारबाट सञ्चालित उक्त रेडियोको स्टुडियोमा गएराती करिब १२:३० बजे आगलागी भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिए ।

स्टुडियोबाट सुरु भएको आगोले रेकडिङसहित भवन समेत जलेर नष्ट भएको उनले बताए । प्रहरीले आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ ।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी, रेडियोका कर्मचारी लगायतको सहयोगमा आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay