scheduleबुधवारबैशाख ८ गते, २०७८

पोखरा प्रस्थान गर्दै प्रधानमन्त्री

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी ओली आज पोखरा जान लाग्नु भएको छ । प्रदेशस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका लागि नेकपा अध्यक्ष समेत रहेका उनी आज गण्डकी प्रदेशको राजधानी पोखरा जान लागेका हुन् ।

पोखरा सभागृहमा ११ बजे सुरु हुने प्रशिक्षणमा प्रदेशका ११ जिल्लाबाट एक हजार दुई सय हाराहारीमा अगुवा कार्यकर्ता भेला हुने नेकपा ओली समूहका प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले ११ फागुनमा विघटन बदर गरिदिएपछि ओली समूहद्वारा १३ फागुनको मोटरसाइकल र्‍याली, १४ गतेको मार्चपास र १५ को आमसभा रद्द गरिएको थियो ।

सोही कार्यक्रम आज हुने भएकाले प्रधानमन्त्री ओली पोखरा जान लागेको बताइएको छ । पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले सीमित व्यक्ति आउन पाउने गरी मापदण्ड बनाएको छ ।

पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने प्रदेश कमिटी सचिव नेपालीले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay