scheduleबुधवारबैशाख ८ गते, २०७८

छिमेकमा दोस्रो चरणको खोप अभियानः नागरिकलाई निःशुल्क, मन्त्रीलाई शुल्क

काठमाडौं, १७ फागुन । भारतमा आजदेखि कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु भएको छ । भारत सरकारले आजदेखि ४५ वर्षभन्दा माथिका स्वस्थ मानिसहरुलाई खोप लगाउँदै छ ।

दोस्रो चरणको खोप अभियानसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन् । आज बिहान दिल्लीको एम्स अस्पतालमा उनले खोपको पहिलो डोज लगाएका हुन् । भारत सरकारले आजदेखि सुरु गरेको खोप अभियान अन्तर्गत स्वास्थ्य समस्या भएका मानिसहरुलाई भने खोप नलगाउने बताएको छ ।

आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानका लागि भारत सरकारले देशभर १० हजार खोप केन्द्र निर्धारण गरेको छ । जहाँ निःशुल्क खोप लगाइँदैछ ।

यस्तै भारत सरकारले सबै केन्द्र सरकारका मन्त्रीलाई शुल्क तिरेर कोरोना विरुद्धको खोप लगाउन निर्देशन दिएको छ । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत निजी अस्पतालमा खोप लगाउँदा २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।

यसअघि पहिलो चरणको खोप अभियान अन्तर्गत सबै निजी अस्पतलामा पनि कोरोना विरुद्धको खोप निःशुल्क लगाइएको थियो । भारतमा १६ जनवरीबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १ करोड ४२ लाखभन्दा बढीले खोप लाइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay