scheduleबुधवारबैशाख ८ गते, २०७८

नयाँ पार्टी खोल्दिनँ, मत विभाजित भएर कहिल्यै जितिन्नः ट्रम्प

काठमाडौं, १७ फागुन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नबनाउने बताएका छन् । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका हुन् ।

कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले भने, ‘नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं ।’

यसअघि ट्रम्पले नयाँ पार्टी खोल्न लागेको अनुमान चलिरहेको थियो । सम्बोधनको क्रममा ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनको खुलेर आलोचना गरे । बाइडेन आएपछि ‘अमेरिका फर्स्ट’को नीति ‘अमेरिका लास्ट’मा पुगेको ट्रम्पले आरोप थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay