scheduleबिहिवारबैशाख ९ गते, २०७८

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-माधव सचिवालय बैठकको निर्णय

फाइल फोटो

काठमाडौँ, १७ फागुन । नेकपाको प्रचण्ड-माधव समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको उक्त समूहको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पछिल्ला राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उक्त बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरूले गरेको दाबीका आधारमा संविधान र दल ऐनअनुरूप छिट्टै निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध पनि गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay