scheduleआइतवारबैशाख ५ गते, २०७८

ममाथिको प्रहार शारीरिक आक्रमणकै तहमा पुग्न सक्छ : प्रधानमन्त्री ओली

फाइल फोटो

काठमाण्डौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताएका छन् ।

पोखरामा सोमबार भएको आफूपक्षिय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकको पक्षमा काम गरेको तर केहि देशी विदेशी पक्षले प्रहार गरिरहेको र त्यो शारीरिक आक्रमणकै तहमा पुग्न सक्ने बताएका हुन् ।

‘ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भने। तर त्यस्तो हुन नदिइने र पर्याप्त सतर्कता अपनाइने उनको भनाइ छ ।

उनले भने, ‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन ।’

उनले दाहाल नेपालले आफूमाथि झुटा आरोप लगाएको पनि बताएका छन् । उनले माईतीघर मण्डलामा बसेर आफै अध्यक्ष र संसदीय दलको नेता घोषणा गरेको भन्दै सो समूहका नेताहरुलाई कटाक्ष समेत गरेका छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष महासचिवले बोलाएको बैठकमा नआएको आरोप लगाउदै विधिसम्मत तरिकाले दलको नेता हटाउन चेतावनी दिए।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay