scheduleआइतवारबैशाख ५ गते, २०७८

जसको विरूद्ध लडियो, उसैसँग सत्ता सहकार्य गरेर नहुने रहेछ: अध्यक्ष यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसका विरूद्ध संघर्ष गरियो, उनीहरूसँगै सत्ता साझेदारी गरेर उपलब्धि नहुने अनुभव सुनाएका छन् ।

पार्टीको प्रचार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यसअघि परिवर्तनका लागि संघर्ष गरेका शक्तिहरूले दुईचारवटा मन्त्रालय मागेर परिवर्तनका एजेन्डामा काम गर्न नसकिएको उनले स्वीकार गरेका हुन् ।

‘जसकाविरूद्ध लडियो, उसैसँग सहकार्य गरेर, दुई चारवटा मन्त्रालय मागेर केही गर्न नसकिने रहेछ,’ उनले भने, ‘अध्यक्ष यादवले जसपा अहलिेको सबैभन्दा प्रगतिशील पार्टी भएको जिकिर गरे ।

‘पार्टी एकीकरणमार्फत् आफ्नै बलबुताले यो मुलुक चलाउने र गति दिने निर्णायक शक्ति बन्छौं,’ उनले भने, ‘हामी आफ्नै शक्तिले मुलुक चलाएर देशलाई गति दिन्छौं ।’

अध्यक्ष यादवले नेपालका सबै तस्कर, भ्रष्टाचारी र नवधनाढ्यहरु कम्युनिष्ट भइसकेका र यो धन र सत्ता कमाउन सबैभन्दा सजिलो पार्टी भइसकेको आरोप लगाए । सर्वहारा वर्ग, किसान र मजदूरको कुरा मात्र गरिरहेको उनले बताए ।

‘नेपालमा धेरै कम्युनिष्ट सरकारहरु बनिसके, नीति तथा कार्यक्रम र बजेटहरु हामीले हेर्यौं,’ उनले भने, ‘म नेपालमा कम्युनिष्ट र कांग्रेसबीच आधारभूतरुपमा कुनै फरक छैन ।’

कम्युनिष्ट पार्टीको दस्तावेज क्रान्तिकारी भए पनि कम्युनिष्ट चरित्र भने बाँकी नरहेको उनले बताए । कांग्रेसका कतिपय नेताहरु पनि संघीयता सकियोस् भन्नेमा रहेको उनको आरोप थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay