scheduleमगलवारबैशाख ७ गते, २०७८

प्रतिस्थापित खेलाडीले रियललाई पराजयबाट जोगाए

काठमाडौं, १८ फागुन । स्पेनिस ला लिगभामा रियल म्याड्रिड पराजयबाट जोगिएको छ । सब्सिच्युट ब्राजिली युवा विङ्गर भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै टिमलाई पराजयबाट जोगाएका हुन् ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सोमबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको हो । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दा रियलका भिनिसियसले बराबरी गोल फर्काएपछि खेल बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा कुनै पनि गोल हुन नसकेको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदानमा रियलले खेलमा अधिकांश समय पकड बनाएर खेल्यो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay