scheduleबिहिवारबैशाख ९ गते, २०७८

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, १८ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मुलुकभरको मौसम सफा रहने पूर्वानुमान गरेको छ ।

महाशाखाले उच्चपहाडी तथा हिमाली भू-भागहरुमा अहिले आंशिक बदलीको अवस्था रहेको जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार भने पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन १८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

राति : प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

फागुन १९ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

राति : प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २० गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay