scheduleबिहिवारबैशाख ९ गते, २०७८

फ्रान्सका पूर्वराष्ट्रपति निकोलसलाई तीन वर्षको जेल सजाय

एजेन्सी, १८ फागुन । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीमाथि भ्रष्टाचारको आरोप प्रमाणित भएपछि तीन वर्षको जेल सजाय सुनाइएको छ । यसरी जेल सजाय पाउने उनी फ्रान्सको पहिलो पूर्वराष्ट्रपति हुन् । आफूविरुद्ध अर्कै एउटा फौजदारी आपराधिक मुद्दामा सूचना दिएबापत् ठूलो पद दिने भनी एक म्याजिस्ट्रेटलाई घुस दिन खोजेको प्रमाणित भएपछि उनलाई सजाय सुनाइएको हो ।

म्याजिस्ट्रेट र सारकोजीका पूर्ववकिललाई पनि त्यही सजाय सुनाइएको हो । सारकोजीमाथि अर्को छुट्टै मुद्दामा पनि सुनुवाइ हुन बाँकी छ । उनले सन् २०१२ को राष्ट्रपतीय चुनावी अभियानमा गलत ढङ्गले थुप्रै खर्च गरेका थिए । सारकोजीले सन् २००७ मा राष्ट्रपतीय कार्यकाल पूरा गरेका थिए भने सन् २०१२ को पुनःनिर्वाचनको प्रयास भने असफल भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay