scheduleबिहिवारबैशाख ९ गते, २०७८

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत रेग्मीद्वारा पदबहाली

फाइल फोटो

लण्डन, १८ फागुन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१ औँ राजदूत हुन् ।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएका थिए ।

सोमबार मात्र लण्डन आइपुगेका रेग्मीले सोही दिन नै कार्यभार सम्हाल्लेका हुन् । उनलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी, कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay