scheduleबुधवारबैशाख ८ गते, २०७८

ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडाैं, १८ फागुन । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ । सोमबार एक हजार ३३० मा कारोवार भएको चाँदी मंगलबार भने तोलामा एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay