scheduleआइतवारबैशाख ५ गते, २०७८

प्रचण्ड-माधव समूहका नेताहरु र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं, १७ फागुन । नेकपा प्रचण्ड- माधव समूहका नेताहरु र सभामुख अग्नी सापकोटाबीच भेटवार्ता भएको छ । मंगलबार सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, स्थायी कमिटी सदस्य जनार्दन शर्माले सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन् ।

सभामुख निवासमा भएको भेटवार्तामा करिव एक घण्टा छलफल भएको बताइएको छ। उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयका दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने लगायतका विषयमा छलफल भएको थियो ।

सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै सोमबार राष्टपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन बोलाएकी छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay