scheduleबुधवारबैशाख ८ गते, २०७८

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं, १८ फागुन । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न दुई सदस्सीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन्। यसअघि सरकारले वार्ता टोली गठन गरेको भए पनि नेकपा वार्ताका लागि तयार भएको थिएन। अहिले भने नेकपा पनि वार्ता गर्न तयार भएकाे छ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, ‘सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउन नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ। त्यही दृष्टिकोणमा आधारमा आजको वार्ता टोली गठन गरिएको हो।’

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay