scheduleबुधवारबैशाख ८ गते, २०७८

विप्लव समूहबाट सरकारसँगको वार्ता प्रकाण्डको नेतृत्वमा

काठमाडाैं, १८ फागुन । विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सरकारसँग वार्ताको नेतृत्व गर्ने भएका छन्।

सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा वार्तामा बस्ने नेकपाका एक नेताले जानकारी दिए ।

ति न‍ेताले भने, ‘सरकारले वार्ताको वातावरण साँच्चिकै बनाएमा हाम्रोतर्फबाट प्रकाण्डले वार्ता टोलीको नेतृत्व गर्नुहुनेछ ।’

नेकपाले वार्ताका लागी प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्र र नेता कार्यकर्ता रिहाइको शर्त अघि सारेको छ ।

सरकारले आज गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay