scheduleबुधवारबैशाख ८ गते, २०७८

सहिद स्मारक बी डिभिजन लिग : मध्यपुरको दोस्रो जित

काठमाडाैं, १८ फागुन । सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसियसनले दोस्रो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा मध्यपुरले श्रीकुमारी क्लवलाई २–१ गोल अन्तरले हराएको हो ।

श्रीकुमारी क्लवका आशिष राईले गोल गर्दै अग्रता दिलाएको खेलमा मध्यपुरले श्रीकुमारीको सुरुवाती अग्रतालाई उल्ट्याएको थियो । मध्यपुरविरुद्ध श्री कुमारीले खेलको ४० औं मिनेटमा अग्रता लिएको थियो । तर खेलको ४५ औं मिनेटमा मध्यपुर युथले खेल बराबरी गर्न सफल भएको थियो ।

उसका लागि कैलाश लामिछाने खत्रीले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गरेका थिए । ४८ औं मिनेटमा मध्यपुरका कप्तान धिरज श्रेष्ठले गोल गर्दै टिमलाई दुई एकले अग्रता लिन सफल भए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमा नै मध्यपुरले अग्रता लिएको थियो । श्रीकुमारीको आठ खेलमा सात अंक रहेको छ भने मध्यपुर आठ खेलमा सात अंक बनाउँदै दोस्रो स्थान बनाउन सफल भएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay