scheduleबुधवारबैशाख ८ गते, २०७८

काँग्रेस सत्ताको खेलमा नलागे प्रधानमन्त्री ओलीलाई कसैले हटाउन सक्दैन : नेता बस्नेत

काठमाडाैं, १८ फागुन । नेकपा ओली समूहका नेता महेश बस्नेतले नेपाली काँग्रेस सत्ताको खेलमा नलागे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले हटाउन नसक्ने बताएका छन् ।

मंगलबार राजधानीमा रिर्पोटस क्लव नेपालले गरेको साक्षातकार कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाली काँग्रेस सत्ताको खेलमा नलागे वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा कुनै नयाँ कदम चाल्नुपर्ने अवस्था नभएको बताउदै उनले नेकपा फुटि नसकेको जिकिर गरे ।

नेता वस्नेतले सत्ताको समिकरण बोकाको मुखमा कुभिण्डो जस्तै प्रचण्ड–माधव पक्षलाई भएको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नेपालको राजनीति घुमिरहने जिकिर गर्दै नेकपा भित्रै सत्ताको खेल भएकाले विगतमा भएका कमिकमजोरी सच्चाएर अगाडि बढ्नु पर्ने बताए । उनले प्रचण्ड माधव पक्षका सांसदहरु पनि आफुहरुको पक्षमा आउने दाबी गरे ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay