scheduleबिहिवारबैशाख ९ गते, २०७८

नेपाली कांग्रेसले भन्यो- वार्ता समिति गठन सकारात्मक

काठमाडाैं, १८ फागुन । नेपाली कांग्रेसले सरकार र विप्लव समूहले वार्ता समिति गठन गरेको कार्यलाई सकरात्मक रहेको बताएको छ ।

पार्टीका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको बताएका हुन् ।

‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’ शर्माले विज्ञप्तिमा भनेका छन् ।

प्रतिवन्धित नेकपासँग वार्ता गर्न सरकारले आजै गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने विप्लव समूहले पनि खड्कबहादुर विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको छ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay