scheduleबिहिवारबैशाख ९ गते, २०७८

गृह जिल्ला पुगेर ओलीले भने – कसैले हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु

काठमाडाैं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाउन नसक्ने दाबी गरेका छन् । मंगलबार गृह जिल्ला झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यदि कसैले हटाएको खण्डमा अर्को चुनाबमा दुइ तिहाइ बहुमत ल्याउने दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’

तर अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । फागुन २३ गते संसद बैठक बोलाएको बताउँदै प्रधानमन्त्री ओलीले अधिवेशन राम्रोसंग चलाउने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay