scheduleआइतवारबैशाख ५ गते, २०७८

मेगा बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

काठमाडौँ, १८ फागुन । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंक लिमिटेड र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट सञ्चालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन् ।

अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay