scheduleआइतवारबैशाख ५ गते, २०७८

पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर

काठमाडौं, १८ फागुन । झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकले काउन्टर बिस्तार गरेको छ ।

पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहकाबीच प्रभु बैंकको पुर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको बैंकले जनाएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay