scheduleबिहिवारबैशाख ९ गते, २०७८

सेफ सन्तोषलाई पर्यटन बोर्डको सम्मान

काठमाडौं, १९ फागुन । विश्वमा नेपाली खाना चिनाउने सेफ सन्तोष शाहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।

सेफ सन्तोष शाहलाई बोर्डले मंगलबार सम्मान गरेको हो । सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाकोमा सेफ सन्तोषलाई धनयवाद दिए ।

उनले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताए । कोइरालाले आफ्नो पहिचानलाई चिनाउन सेफ सन्तोष शाहबाट सिक्नु पर्ने तर्क गरे ।

विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउन सफल भएको बताउदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल पाएको बताए । शाहले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताए ।

उनले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलको जिकिर गरे ।

कार्यक्रममा यस क्षेत्रका व्यक्तिहरको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay