scheduleबुधवारबैशाख ८ गते, २०७८

ओलीले देशलाई बन्धक बनाइरहेका छन्, आयोगले सघाइरहेको छः नेता थापा

सर्लाही, १८ फागुन । नेपाल कांग्रेस नेता गगन थापाले ओलीको देशलाई बन्धक बनाउने प्रयासलाई निर्वाचन आयोगले सघाइरहेको बताएका छन् । नेता थापाले सर्वोच्च अदालतले संसद् पुन:स्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली संसद् भित्रैबाट देशलाई बन्धक बनाउने प्रयासमा लागेको आरोप लगाएका हुन् ।

सर्लाहीको धनकौलमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री अंक गणितको खेलमा लागेर देशलाई बन्धक बनाउने प्रयास भइरहेको र निर्वाचन आयोगले पनि प्रधानमन्त्रीको यो प्रयासमा मलजल गर्दै साथ दिएको बताए ।

नेकपाको आधिकारिकता विवादमा निर्णय गर्न ढिला गरेर निर्वाचन आयोगले ओलीको गलत कदमलाई साथ दिइरहेको उनको तर्क थियो । पूर्व स्वास्थ्यमन्त्री समेतका रहेका थापाले भने, ‘अंक गणितको खेलमा लागेर प्रधानमन्त्री देशलाई बन्धक बनाउने प्रयासमा लागिरहेका छन्, यसमा निर्वाचन आयोगले पनि पार्टी विवाद टुंगोमा नपुर्‍याउँदा उनको यो कदममा साथ दिइरहेको छ ।’

उनले प्रधानमन्त्री ओलीलाई ‘लुरे’को संज्ञा दिँए । सयौं सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री आफैंले ‘मेरो जीउ ज्यान असुरक्षित छ’ भन्दै हिँड्नु लज्जास्पद कुरा रहेको उनकव तर्क थियो । आफैं असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीले जनताको सुरक्षा गर्न नसक्ने उनको निष्कर्ष थियो ।

थापाले अहिलेको प्रधानमन्त्रीबाट जनताले कुनै अपेक्षा नराखेको भन्दै अब उनलाई बिदा गर्नुपर्ने अभिभारा समयमै पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay