scheduleबुधवारबैशाख ८ गते, २०७८

राजनीतिक सहमतिको चुनावी सरकार बनाउन बाबुरामको प्रस्ताव

काठमाडौं, १८ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

१० दिनसम्म भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गरेर फर्किएपछि मंगलबार उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘दश दिनको प्रवासपछि स्वदेश फर्कंदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो । यसो गरौं न, १. अहिलेको समस्याको जरो ०६५/६६पछि भत्केको राजनीतिक सहमति हो,’ उनले भने, ‘बाटो बिराए पुरानै ठाउँमा फर्कनु भने झैं एक पटक फर्गिभ एण्ड फरगेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै यी काम गरौं ।

उनले सत्य निरुपण तथा मेलमिलाप आयोग लगायत शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै डा. भट्टराईले सहमतिले संविधान संशोधन गर्नुपर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन दिनुपर्ने, समावेशी समृद्धिको वृहद् गुरुयोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, विश्व/छिमेकका बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यत भारत, चीन र अमेरिकासँग सल सम्बन्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay