दाहाल-नेपाल समूहले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडाैं, १९ फागुन । विभाजित नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबारका लागि बोलाइएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे समीक्षा र आगामी रणनीति तय गरिने बताइएको छ ।
नयाँ सन्दर्भमा नयाँ सरकार गठनका लागि गृहकार्य गरिरहेको नेकपाले परिणाम निकाल्न भने सकिरहेको छैन । नेपाली कांग्रेसले सरकार गठनका लागि सघाउन पार्टी विभाजनबारे निर्णय कुरिरहेको छ ।
निर्वाचन आयोगको अकर्मण्यताको कारण पनि दाहाल-नेपाल समूह अप्ठेरोमा फसेको छ । बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ ।
आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेस गर्नुपर्ने भएकाले आजको बैठकमा नागरिकतालगायत बोकेर आउन भनिएको एक नेताले जानकारी दिए ।