scheduleबुधवारबैशाख ८ गते, २०७८

स्पेजियामाथि युभेन्टसको सहज जित

काठमाडौं, १९ फागुन । युभेन्टसले इटालियन सिरी ‘ए’ मा स्पेजियामाथि ३–० को सहज जित निकालेको छ । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र फेडरिको चिइसाको गोलमा युभेन्टसले सहज जित निकालेको हो ।

घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरीको अवस्थामा रह्यो । तीव्र प्रतिस्पर्धात्मक खेलको ६२औं मिनेटमा अल्भारो मोराटाले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए ।

७१औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे भने खेल सकिन एक मिनेट बाँकी रहँदा रोनाल्डाले रोड्रिगो बेन्टानकरको पासमा गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।

तेस्रो स्थानमा रहेको युभेन्टसले जितसँगै शीर्षस्थानमा रहेको इन्टर मिलान र एसी मिलानसँगको अंक दुरी घटाएको छ । समान २४ खेलबाट युभेन्टसको ४९ अंक रहेको छ भने इन्टर मिलानको ५६ तथा मिलानको ५२ अंक छ । पराजित स्पेजिया २५ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay