scheduleबुधवारबैशाख ८ गते, २०७८

वोल्भ्समाथि म्यानेस्टर सिटीको सहज जित

काठमाडौँ, १९ फागुन । इङ्लिश प्रिमियर लिगको गएराति सम्पन्न पछिल्लो खेलमा म्यानचेस्टर सिटीले वोल्भ्समाथि ४-१ को सहज जित हासिल गरेको छ । सहज जितका लागि एक आत्मघाती गोल उपहार पाएको सिटीका लागि दुई गोल गाब्रियल जिससले र रियाद महरेजले गरेका हुन् । वोल्भ्सका लिंडर डेन्डोनकरले एक गोल आत्मघाती गोल गरेका हुन् ।

त्यसैगरी वोल्भ्सका लागि कोनोर कोयडीले एक सान्त्वना गोल फर्काए । यो जितपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा २७ खेलमा ६५ अंकसहित १५ अंकको अग्रता कायम गरेको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २६ खेलमा ५० अंक जोड्दा तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २६ खेलमा ४९ अंक रहेको छ ।

त्यसैगरी वोल्भ्स २७ खेलमा ३४ अंकसहित लिगको १२औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay