scheduleबुधवारबैशाख ८ गते, २०७८

क्यालिफोर्नियामा भएको एक दुर्घटनामा परी १२ भन्दा बढीको मृत्यु

काठमाडौं, १९ फागुन । क्यालिफोर्नियामा मंगलबार राति भएको एउटा भयानक दुर्घटनामा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । २७ जना चढेको एउटा एसयुभी दुर्घटना हुँदा यात्रुहरुको मृत्यु भएको हो । इम्पेरियल काउन्टीमा मंगलबार बिहान उक्त एसयुभी एउटा गिट्टी बोकेको ट्रकसँग ठोकिएको थियो ।

दुर्घटनामा अधिकांशको मृत्यु भएको र एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । अस्पतालमा भर्ना गरिएको अन्य घाइतेहरुको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

एल सेन्ट्रोबाट १० माइल पूर्व र मेक्सिकोको सिमाबाट १० माइल उत्तरमा रहेको दुर्घटनास्थलबाट घाइतेमध्ये ७ जनालाई एल सेन्ट्रो अस्पतालमा लगिएको छ । त्यस्तै २ जनालाई पायोनियर अस्पताल लगिएको छ । ३ जनालाई एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay