सामसङ एस २० प्लसको मूल्य घट्यो
काठमाडौं, १९ फागुन । सामसङले आफ्नो एस सरिजअन्तर्गतको स्मार्टफोन एस २० प्लसको मूल्य घटाएको छ ।
कम्पनीले १ लाख ४ हजार ९ सय ९९ रुपैयाँबाट घटाएर उक्त फोनको मूल्य ९४ हजार ९ सय ९९ पुर्याएको हो । यो मूल्यमा ग्राहकले केवल मार्चसम्म मात्र उक्त फोन प्राप्त गर्न सक्नेछन् । प्रतिस्पर्धात्मक बजारको अवस्थालाई हेरेर कम्पनीले मूल्य घटाएको हुनसक्ने अनुमान गरिएको छ ।
ग्यालेक्सी एस२० सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिन्छ । जीवन्त रुपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई बेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता यसले प्रदान गर्दछ ।
‘सामसङ ग्यालेक्सी एस २० सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ,’ सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।
यसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ– ए आई तथा सामसङको वृहत् इमेज सेन्सरले हरेक क्षणलाई उत्कृष्टताका साथ कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।
ग्यालेक्सी एस २० सीरिजमा सामसङका विशेष सुविधाहरु रहेका छन् । यो सीरिजमा उत्कृष्ट हार्डवेयर एवं फिचर्सहरु रहेका छन्:-
उत्कृष्ट दृश्यावलोकनः उच्चस्तरीय फोटो खिच्नको लागि ग्यालेक्सी एस २० सीरिजमा ६४ मेगापिक्सेलको क्यामरा र सेन्सर राखिएको छ ।
सुपर जुमः दुबै फोनमा ३० एक्स सम्मको जुम रहेको छ ।
सिङ्गल टेक: सिङ्गल टेक ले एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरुको प्रयोग गर्दछ । यसमा तपाइँले विभिन्न फर्म्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक हुँदैन ।
प्रो–ग्रेड–फ्लिमिङ्गः ग्यालेक्सी एस २० संसारको एकमात्र स्मार्ट फोन हो जसबाट ८के भिडियो रेकडिङ्ग सकिन्छ ।
नयाँ क्यामेराको संरचनाले तपाइँलाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनरसिप्सको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ । यसबाट डप् क्वालिटीको भिडियो खिच्न सकिन्छ र जुन सामसङको क्यूएलइृडी ८ केमा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । साथै ८ के भिडियोबाट हाइ–रिजोलुसन फोटो पनि निकाल्न सकिन्छ ।
कम्पनीको नयाँ स्मार्टफोनहरु ग्यालेक्सी एस २० र ग्यालेक्सी एस २० प्लस सिधा रुपमा ग्यालेक्सी एस २० र ग्यालेक्सी एस १० प्लसको अपग्रेड भर्जन हो । त्यस्तै ग्यालेक्सी एस २० अल्ट्रा भने कम्पनीको नयाँ एडिशन हो जसको रियरमा १०८ मेगापिक्सलको क्यामरा रहेको छ ।
ग्यालेक्सी एस२० प्लसको बिशेषताहरु-
यस स्मार्टफोनको विशेषताहरु धेरै हदसम्म ग्यालेक्सी एस २० सँग मिल्दोजुल्दो रहेको छ । तरपनी यो स्मार्टफोनमा ब्याट्री, यसको साइज र क्यामरा मा केहि फरक रहेको छ ।
डिस्प्ले – ५२५पिपिआई सँगै ६.७ एजको क्युएचडि (१,४४०× ३,२०० पिक्सल) डाइनामिक एमोलेड २× डिस्प्ले
डाइमेन्सन – १६१.९×७३.७×७.८ एमएम
ब्याट्री – ४,५००एमएएच
क्यामरा – फ्रन्ट र रियर क्यामरा ग्यालेक्सी एस२० को जस्तै, मात्रै रियरमा डेप्थ क्यामरा एडिशनल पाइने