scheduleबिहिवारबैशाख ९ गते, २०७८

थप ५० लाख डोज कोरोना खोपको खरिदका लागि प्रक्रिया अघि बढ्यो

काठमाडौं, १९ फागुन । सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार खोप खरिदका लागि अर्थ मन्त्रालयले स्रोत पनि सुनिश्चित गरिदिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा मंगलबार सचिव अर्यालले थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेको बताए । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालमा १४ माघदेखि खोप अभियान सुरू भएको थियो ।

नेपालले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गरेको छ, जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी छ ।

यो १५ दिनभित्र आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले जानकारी दिए । चीनले पनि ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको छ ।

यस्तै कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख आउँदैछ । यो सबै गर्दा सरकारसँग १ करोड १० लाख डोज खोप हुने सचिव अर्यालले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay