scheduleबिहिवारबैशाख ९ गते, २०७८

बलात्कार प्रयासको आरोपमा १६ वर्षे युवक पक्राउ

नुवाकोट, १९ फागुन । नुवाकोटको तारकेश्वरमा बलात्कार प्रयासको आरोपमा एक जना नाबालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षका नाबालक रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न दुई जना फरार रहेको भन्दै उनीहरुको खोजी कार्य भइरहेको पनि बताएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा गत फागुन १४ गते राती तीन जना युवकले युवतीलाई बलात्कार प्रयास गरेका थिए ।

पीडित पक्षले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको नुवाकोट प्रहरी प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए । वलीका अनुसार पीडित पक्षले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएसँगै १ जनालाई पक्राउ गरिएको छ । थप विषय अनुसन्धानकै प्रक्रियामा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay