scheduleआइतवारबैशाख ५ गते, २०७८

बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा

काठमाडौं, १९ फागुन । बोरुसिया डर्टमण्ड, जर्मन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा मन्छेनग्लाडबाखलाई १–० गोल अन्तरले पराजित गर्दै डर्टमण्ड अन्तिम चारमा पुगेको हो ।

डर्टमण्डको जितमा जाडोन सान्चोले निर्णायक गोल गरेका थिए । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् । त्यसअघि खेलको ५३ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गरे । तर, उनको गोलले मान्यता पाएन ।

यस्तै खेलको अन्तिम केहि समय डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो । खेलको इन्जुरी समयमा महमुद दाहुदले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay