scheduleआइतवारबैशाख ५ गते, २०७८

‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु

काठमाडौं, १९ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नयाँबस्ती र टुसालबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ । नयाँबस्ती आज टुसाललाई हराएर लिगको शीर्ष पाँच भित्र उक्लन चाहन्छ । नयाँबस्ती ८ खेलमा ११ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । टुसाल ८ खेलमा ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खुमलटार र ब्वाइजबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । उपाधि दाबेदार खुमलटार ब्वाइजलाई हराएर शीर्ष स्थानको सातदोबाटोसँग अङ्क बराबरी गर्न चाहन्छ । खुमलटार ८ खेलमा १९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सातदोबाटोको २२ अङ्क रहेको छ । ब्वाइज १४ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay