scheduleबिहिवारबैशाख ९ गते, २०७८

एकाबिहानै जनार्दनको अपिल- शीर्ष नेता बाहेकका सांसद संवादमा बसौं

काठमाडौं, १९ फागुन । विभाजित नेकपाको प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्मा प्रभाकरले शीर्ष नेताबाहेकका सांसदलाई संवादमा बस्न अपिल गरेका छन् । नेता शर्माले पार्टी‚ आन्दोलन र जनताको पक्षमा सचिवालय सदस्यबाहेक सांसदहरुले स्वतन्त्ररुपले छलफल गर्न अपिल गरेका हुन्।

पार्टी विभाजनपछि दुवै पक्षमा शीर्ष नेताहरु एकअर्कोविरुद्ध तीव्र राजनीतिक आक्रमणमा उत्रिरहेको बेला नेता शर्माले बुधबार बिहानै सामाजिक संवादमार्फत् संवादका लागि आह्वान गरेका हुन् ।

‘जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरुबाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी‚ आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु‚’ उनले भनेका छन्‚ ‘यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँदछु। कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ।’

नेकपामा उत्पन्न विवादमाथि सबैको आ-आफ्ना बुझाइ रहेको बताउँदै शर्माले संसदको पुनर्स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका सांसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको बताएका छन्।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रुपमा आ-आफ्ना बुझाइ रहेका छन्‚’ उनले भनेका छन्‚ ‘जे भए पनि जननिर्वाचित संसद समेत भंग हुने अवस्थासम्म पुग्नु हामी सबैका लागि दुर्भाग्यपूर्ण अवस्था हो। जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पूर्ण निर्णयबाट संसदको पुनर्स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका सांसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay