scheduleशनिवार जेष्ठ १ गते, २०७८

जनकपुरमा सुरु भयो दोस्रो ‘जनकपुर साहित्य महोत्सव’

काठमाडौं, १९ फागुन । जनकपुरमा आजदेखि दोस्रो संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै छ । आयोजक संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी आजदेखि चार दिने जनकपुर साहित्यिक महोत्सव सुरु हुने बताएको हो ।

महोत्सवको समुद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्नेछन् । यस्तै विशेष अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रमुख वक्ता उद्योगपति विनोद चौधरी रहने पनि आयोजकले बताएको छ ।

महोत्सवमा साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयमाथि चर्चा गरिने छ । जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतको काम गर्ने आयोजक संस्थाको विश्वास छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय