सकियो सरकार र विप्लव नेकपाबीचको वार्ता
काठमाडौं, १९ फागुन । सरकार र प्रतिबन्धित नेकपाबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वार्तामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीका सदस्यहरु र सरकारी वार्ता टोलीका सदस्यहरुको सहभागिता थियो ।
वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत बालुवाटार पुगेका थिए । सरकारले वार्ता स्थलबारे कुनै जानकारी दिएको छैन । यद्यपि बालुवाटार स्रोतले भने बालुवाटारमै वार्ता भएको जनाएको छ ।
विप्लव समूहको वार्ता टोली मंगलबार नै काठमाडौं आइपुगेको थियो । वार्तामा भएका सहमति र विमतिका विषयहरु सार्वजनिक नगर्ने सरकारले रणनीति बनाएको छ ।
सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । वार्ता सुरु भए पनि सरकारले यो प्रतिबन्ध भने हटाएको छैन ।