scheduleबिहिवारबैशाख ९ गते, २०७८

कोरोना खोप लगाउँदै प्रचण्डले भने- अब राजनीतिक संक्रमण धेरै जाँदैन

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुगेका प्रचण्डले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण ‘क्लियर’ हुने बताए ।

उनले ऐन कानुन नियम अनुसार प्रक्रिया अनुसार नै आफुहरु अघि बढ्ने धारणा राखे । त्यस्तै उनले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको जिकिर गरे ।

फरक प्रसंगमा उनले कोरोना खोप आउनुले मानवजातिको नै जीत भएको भन्दै बिना हिचकिहाकच खोप लगाउन आग्रह गरे ।

उनले बुधबार कोरोनाबिरुद्धको खोप लगाएका हुन् । संघीय संसदका सांसदहरुलाई कोरोनाभाइरसविरुद्धको खोप दिन सुरु गरिएसँगै प्रचण्डले पनि खोप लगाएका हुन् ।

बुधबारदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिन थालिएको हो । पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, माधव नेपाल लगाएतका सांसदहरुले खोप लगाएका थिए । कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि सभामुख सापकोटाले कोभिड–१९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको बताए ।

उनले खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनेमा विश्वास व्यक्त गरे । सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि जिकिर गरे ।

प्रतिनिधिसभा बैठक बस्नुअघि संसद सचिवालयले सांसद, कर्मचारी, मर्यादापालक लगायतलाई खोप लगाउने व्यवस्था गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay