scheduleबिहिवारबैशाख ९ गते, २०७८

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता: छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा

काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । बुधबारको वार्ता विषय केन्द्रीत भएको र दुबै पक्ष समान धारणा नजीक पुगेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

बुधबार दोस्रो पटकको वार्तापछि प्रतिक्रिया दिदै उनले दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताएका हुन् । सरकार र विप्लव समूहबीचकाे वार्ता बुधबार बिहान पनि भएकाे थियाे ।

सामाजिक संजालमार्फत उनले भनेका छन्, ‘ नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

विप्लव समूहसँग औपचारिक रुपमा वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईसमेत रहने गरेर दुई सदस्यीय वार्ता टोली बनाएको थियो ।

लगत्तै विप्लव समूहले पनि खड्कबहादुर विश्वकर्माको संयोजकत्वमा वार्ता समितिको घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालको फागुन २८ गने विप्लव समूहलाई प्रतिवन्ध लगाउने घोषणा गरेको थियो । तर, पछिल्लो समय समस्याको समाधान वार्ताबाटै गर्न दुवै पक्ष तयार देखिएपछि दुबै पक्ष वार्तामा बस्न तयार भएका हुन् ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay