scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव समूहसँग वार्तासँगै वेपत्ता आयोगको काम पनि टुंग्याए सुनमा सुगन्ध हुनेछ – डा. भट्टराई

काठमाडौं, १९ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सुरु भएको वार्तालाई स्वागत गरेका छन् । विप्लव समूहसँग वार्ताको प्रयत्न ठिक भएको भएको भन्दै उनले यसलाई दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तनका लागि अवसरको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

उनले वार्तासँगै तत्कालिन जनयुद्ध र राज्यको नेतृत्व गर्ने शक्तिहरुसँग समझदारी गरेर टिआरसी\वेपत्ता आयोगको काम टुंग्याएमा सुनमा सुगन्ध हुनेसमेत बताएका छन् ।

ट्वीट गर्दै उनले भनेका छन् –

‘बिप्लव समूहसंग वार्ताको प्रयत्न ठीक छ।दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोगगरे गजबहुनेछ।संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्वगर्ने शक्तिहरूसंग समझदारी गरेर त्च्ऋर वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ ।’

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay