scheduleबिहिवारबैशाख ९ गते, २०७८

प्रधानमन्त्री ओलीलाई हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता : बस्नेत

भरतपुर, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको आरोप लगाएका छन् ।

भरतपुरमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले भने, ‘त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।’ उनले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गरे ।

‘दाहाल–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरुलाई सूर्य चिह्नको माया लागेको छ’, उनले भने, ‘आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।’

कार्यक्रममा युवा सङ्घका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५०१ लाई शपथ ग्रहण गराएका थिए । चितवनमा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay