scheduleबिहिवारबैशाख ९ गते, २०७८

अर्को काँग्रेसका सभापतिलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, २० फागुन । नेपाली कांग्रेस (बीपी) का केन्द्रीय सभापति हरिबोल भट्टराईलाई हृदयघात भएको छ ।

बुधबार साँझ पाँच बजे स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि ललितपुरको स्टार अस्पताल पुर्याइएको थियो । उक्त पार्टीका अनुसार स्टार अस्पतालले हृदयघात भएको भनेपछि उपचारका लागि नर्भिक लगिएको छ ।

थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरी बुधबार नै मुटुको शल्यक्रियाको काम सकिएको उक्त पार्टीले जनाएको छ । पार्टीले सभापति भट्टराईको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

सभापति भट्टराईको उपचारमा संलग्न चिकित्सकहरुले उनको फोक्सोमा पानी समेत जमी सकेकोले श्वासप्रश्वासमा समस्या भएको जनाएका छन् ।

हरिबोल पञ्चायतकालमा ०४३ सालदेखि काठमाडौं नगर पञ्चायतका प्रधानपञ्च थिए । उनी नेपाली काँग्रेसको तर्फबाट जनपक्षीय नेताको रुपमा उठेर निर्वाचन जितेका हुन् । पछि पञ्चायती व्यवस्थाको विरोध गरेबापत् निलम्बित भएका थिए । भट्टराई काँग्रेस नेता मनमोहन भट्टराईका दाजु हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay