scheduleआइतवारबैशाख ५ गते, २०७८

पोलार्डद्वारा एकै ओभरमा ६ छक्का प्रहार

काठमाडौं, २० फागुन । श्रीलङ्काविरुद्धको पहिलो टी-२० मा वेस्ट इन्डिजका कप्तान कायरन पोलार्डले विस्फोटक ब्याटिङ गरेका छन् । श्रीलङ्काले दिएको १३२ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङमा आएका उनले ११ बलमा ३८ रन बनाए ।

उनले बनाएको ३८ रनमध्ये ३६ रन एकै ओभरमा बनाए । उनले अकेला धनन्जयको ओभरको सबै ६ वटै बलमा छक्का प्रहार गरेका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ वटा छक्का प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि सन् २००७ को टी-२० विश्वकपमा भारतका युवराज सिंहले इंग्ल्यान्डका स्टुअर्ट ब्रोडको ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए ।

त्यसैगरी समग्रमा ६ छक्का प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । दक्षिण अफ्रिकाका हर्शल गिब्सले एकदिवसीय क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए

श्रीलङ्काविरुद्धको यस टी-२० वेस्ट इन्डिजले ४ विकेटले जितेको छ र तीन खेलको टी-२० श्रृंखलामा १-० को अग्रता लिएको छ ।

 

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay