scheduleबुधवारबैशाख ८ गते, २०७८

रोमाञ्चक जितसँगै बार्सिलोना फाइनलमा

काठमाडौं, २० फागुन । स्पेनिस कोपा डेल रे अन्तर्गत क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोना फाइलनमा प्रवेश गरेको छ । सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो ।

फाइनल यात्राको लागि बार्सिलोना र सेभियाबीचको भिडन्त रोचक रह्यो । बार्सिलोना निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १–० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा उसले गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बियो । इन्ज्युरी समयको चौथो मिनेटमा जेरार्ड पिकेले एन्टोइन ग्रिजमनको क्रसमा हेडर गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेपछि थप रोचक बन्यो ।

यसअघिको खेलमा सेभियाले बार्सिलोनामाथि २–० को जित निकालेकोले यसपटक बार्सिलोनाले पनि सोही अन्तरमा जित निकाल्नुपर्ने बाध्यता थियो । घरेलु मैदानमा दबावबीच खेलिरहेको बार्सिलोनाका लागि खेलको ११ औं मिनेटमा ओस्मान डेम्बेलेले सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा फर्नान्डोले ट्रीनकाओलाई लडाएपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड दिए । १० खेलाडीमा समेटिएको सेभियाले इन्ज्युरी समयमा प्राप्त कर्नर क्लियर गर्न नसक्दा आएको रिबाउन्डमा ग्रिजमनको क्रसमा पिकेको हेडरमार्फत बार्सिलोना खेलमा फर्किएको थियो ।

खेल समग्रमा २(२ को बराबरीमा सकिएपछि १० खेलाडीमा सिमित सेभिया चौथो मिनेटमा नै १ गोलले पनि पछि पर्यो । जोर्डी अल्बाको क्रसमा मार्टिन ब्रेथवेटको हेडर गोलरक्षक भाच्लिकलाई लाग्दै गोलमा परिणत भयो ।

जितसँगै बार्सिलोना पछिल्लो ११ संस्करणमध्ये १०औं पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay