scheduleआइतवार आश्विन ३ गते, २०७८

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो बराबरी

काठमाडौं, २० फागुन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले अर्को बराबरी खेलेको छ । क्रिस्टल प्यालेसको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

युनाइटेडले राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्न सकेन । केही प्रहारमा भने प्यालेसका रक्षक भिनसेन्ट गुआइटा बाधक बनेका थिए ।

यसै साता भएको चेल्सीविरुद्धको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो । युनाइटेडले पछिल्ला ५ खेलमा १ खेलमा मात्र जीत निकाल्दै ४ खेलमा बराबरी खेलेको छ ।

बराबरीपछि युनाइटेडको २७ खेलबाट ५१ अंक भएको छ र दोस्रो स्थानमा यथावत छ । युनाइटेडले पछिल्ला दिनमा अपेक्षाकृत नतिजा निकाल्न नसक्दा शीर्षस्थानको सिटीसँगको अंकदूरी घटाउन सकेन । सिटी समान खेलबट ६५ अंक बनाउँदै। शीर्षस्थानमा आरामदायी स्थितिमा छ ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनाइटेडले एस्टन भिल्लालाई १-० ले हराउँदा बर्नली र लेस्टर सिटीले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय